अन्तरिक्षमा ऐतिहासिक मिसन पछि स्पेसएक्सको टोली पृथ्वीमा फर्कियो

डिसी नेपाल
३१ भदौ २०८१ १३:२१

काठमाडौं । अन्तरिक्षमा पाँच दिन बिताएपछि स्पेसएक्सको पोलारिस डन मिसन पृथ्वीमा फर्किएको छ।

यो एउटा ऐतिहासिक मिशन थियो जसमा आम मानिसले पहिलो पटक स्पेसवाक गरेका छन् । यो अभियानको सफलतापछि अन्तरिक्ष पर्यटनको बाटो खुल्ने विश्वास छ ।

अन्तरिक्ष यात्रीहरू बोकेको ड्र्यागन क्याप्सुल स्थानीय समय अनुसार बिहान ३:३७ मा फ्लोरिडाको तटबाट पानीमा अवतरण भएको थियो। यो सम्पूर्ण घटना स्पेसएक्सले प्रत्यक्ष प्रसारण गरेको थियो।

स्पेसएक्सले सोशल मिडिया प्लेटफर्म एक्समा लेख्यो, “द ड्र्यागन क्याप्सुल फिर्ता आयो! पृथ्वीमा स्वागत छ।”

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो कदम’ भनेको छ।

अर्बपति जेरेड इसाकम्यानको नेतृत्वमा चार साधारण नागरिकको यो मिसन विगत पचास वर्षमा अन्तरिक्षमा पुग्ने सबैभन्दा लामो मानवीय अभियान थियो।

अमेरिकी वायुसेनाका सेवानिवृत्त पायलट स्कट पोटेट, स्पेसएक्सका कर्मचारी साराह गिलिस र अन्ना मेनन अर्बपति जेरेड इसाकम्यानसँगै मिसनमा उपस्थित थिए।

जेरेड इसाकम्यान र साराह गिलिस दुवै स्पेसवाक गर्ने पहिलो गैर-पेशेवर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *