काठमाडौं उपत्यकामा सहकार्यका लागि विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

डिसी नेपाल
३१ भदौ २०८१ १३:३७

काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ।

शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए। ‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस्। उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,’ उपप्रधानमन्त्री सिंहले भने।

काठमाडौं उपत्यकाका नदिनाला व्यवस्थित गर्ने, साँस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिए।

सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *