सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग

डिसी नेपाल
३१ भदौ २०८१ १४:३२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर आफूहरुविरुद्ध मिडिया ट्रायल गरिएको बताएका छन्।

आज प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सदनमा भएका सांसदहरु र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा रास्वपाविरुद्ध मिडिया ट्रायल गरिएको बताएका हुन्। उनले समितिले कसैको दवाब र प्रभावमा नपरी प्रतिवेदन पेश गर्ने विश्वास व्यक्त गरे।

‘समितिले कसैको दवाब र कसैलाई फेवर नगरी प्रतिवेदन बुझाउने छ। तर, हिजोदेखि हाम्रै विरुद्धमा मिडिया ट्रायले सुरु भएको छ। सदनमा भएका सांसदहरुलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन। तर, सबै सूचनाहरु यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ?’ उनले प्रश्न गर्र।

साथै, रास्वपाविरुद्ध हामीसँग प्रमाण छ भनेर बोल्ने सांसदहरु नै सहकारी ठगीमा मुछिएको उनले बताए। उनले सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतलाई कारबाहीको माग गरे। ‘हामीसँग प्रमाण छ, प्रमाण छ भनेर उफ्रने सांसदहरु आफ्नै प्रमाण भएको कारणले उफ्रिनु भएको रहेछ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *