गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
३१ भदौ २०८१ २०:०३

काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार उनीहरुबीच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो।

गृहमन्त्री लेखकले आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धन लगायतका चासो राखेका हुन्। आफू श्रममन्त्री हुँदा कोरियासँग सम्झौता भएको रोजगार अनुमति प्रणाली (इपीएस) को राम्रो कार्यान्वय भएको बताए बताए। नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि कोरियाले गरेको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिए।

गृहमन्त्री लेखकले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए। राजदूत पार्कले नेपालको उर्जा क्षेत्रमा पनि लगानी गर्न कोरिया तयार गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *