भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

डिसी नेपाल
१ असोज २०८१ ९:१३

काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको हाे ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *