युरोपका धेरै देशमा भारी वर्षा र बाढीका कारण अवस्था नाजुक

डिसी नेपाल
१ असोज २०८१ १३:१५

काठमाडौं । मध्य र पूर्वी युरोपले अहिले ठूलो बाढीको सामना गरिरहेको छ। बाढीका कारण धेरै देश र हजारौं मानिस प्रभावित भएका छन् ।

अस्ट्रियामा बाढीबाट मानिसहरूलाई बचाउनको लागि उद्धार कार्य जारी राख्दा एक फायर फाइटरको ज्यान गएको छ। पोल्याण्डमा पनि एक जनाको मृत्यु भएको छ ।

रोमानियामा भीषण वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार छ । चेक गणतन्त्रमा मृत्युको सही तथ्याङ्क अझै थाहा छैन।

अस्ट्रियाको राजधानी भियनासँग जोडिएको प्रान्तलाई ‘प्रकोप क्षेत्र’ घोषणा गरिएको छ । त्यहाँका नेताहरूले यसलाई अप्रत्याशित र डरलाग्दो अवस्था भनेका छन्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् ।

चेक रिपब्लिकले पनि भारी वर्षाको सामना गरिरहेको छ। वास्तवमा कतिपय क्षेत्रमा तीन महिनाको वर्षा मात्रै तीन दिनमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *