युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसनको चौथो महासभा सम्पन्न
क्यानडा। क्यालीफोर्निया राज्यको लस एन्जल्समा “युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन” (अन्टिएफ) को चौथो महासभा तथा दशौ बार्शिकोत्सव १४ तारिख केन्य स्ट्रिट नरविकवको हिन्दु मन्दिर तथा बौद्ध स्तुपाको सभाहलमा सम्पन्न भयो।
कार्यक्रमले नेपाली तेक्वान्दोको भविष्यका बारेमा छलफल गरि राष्ट्रिय खेलकुद परिषदका पूर्व तेक्वान्दो बरिष्ठ प्रशिक्षक तथा एभरेष्ट तेक्वान्दो स्कूल मिचिगनका संथापक मास्टर लब प्रशाद गोर्खालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्बसम्मतिबाट गठन गरेको छ।
वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक रोशन अधिकारीले यो जानकारी दिएका हुन्।
क्यालिफोर्नियास्थित नेपाल अवैतनिक महावाणिज्य दूतावासका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको प्रमुख आतित्थयमा कार्यक्रम सम्पन्न भएको थियो। उनले नेपाली तेक्वान्दोको विश्वव्यापी प्रभावलाई प्रकाश पार्दै खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जारी रहेको प्रयासलाई प्रोत्साहन दिए।
उनले नेपाली समुदाय एकजुट भएर साझा उद्देश्यका लागि मिलेर काम गरेको देखेकोमा गर्व व्यक्त गर्नुका साथै उनको तर्फबाट अन्टिएफले गर्ने हरेक कार्यक्रममा साथ र समर्थन गर्ने बताए।
अन्टिएक हेडक्वाटरका निवर्तमान अध्यक्ष सन्तोष प्रधानले आफ्नो कार्यकालमा महासंघका उपलब्धिहरू प्रतिबिम्बित गर्दै यसको भविष्यप्रति आशावादी व्यक्त गरेका छन्। उनले तेक्वान्दोको भूमिकाको महत्त्वमा जोड दिँदै तेक्वान्दोमार्फत नेपाली संकृतिलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेकोले अन्टिएफको स्थापना भएको बताए।
अन्टिएफका नवनिर्वाचित अध्यक्ष लभ प्रसाद गोर्खालीले आफुलाई बिश्वास गरेर अन्टिएफको नेत्तृत्व गर्न मौका दिनुभएकोमा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै महासंघलाई अझ बलियो बनाई नेपाली तेक्वान्दोको बिकाशमा नयाँ योजनाहरु ल्याएर नेपाली तेक्वान्दोलाई थप उचाइमा पुर्याउन युवा संलग्नता, स्रोत परिचालन र विश्वव्यापी सञ्जालमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व बरिष्ठ प्रशिक्षक, हलिउड तेक्वान्दो स्कूल पोर्टल्याण्डका संथापक प्रमुख तथा अन्टिएफका सल्लाहकार दिबाकर डान महर्जनले अन्टिएफले गर्ने तेव्कान्दोको बिकासमा सधै साथ र सहयोग गरिनुका साथै आईओएफटिसीले हरेक दुई बर्षमा गर्ने प्रतियोगितामा अन्टिएफलाई प्रार्थमिकता दिइने जनाएका थिए।
निर्वाचन आयुक्त तथा लस एन्जल्सका स्थानी पत्रकार तथा समाजसेवी रोसन अधिकारीले निर्बिरोध सबै पदाधिकारीहरुलाई सपथ खुवाउदै बधाई दिएका थिए। निर्बाचन समितिलाई सहयोग गर्ने प्रति धन्यवाद दिँदै कार्यक्रमलाई सफल बनाउन आयोजक टोलीको मेहनतको पनि प्रशंसा गरे।
कोषाध्यक्ष गणेश थापाले अन्टिएफको आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो, जसमा महासंघको आर्थिक अवस्थालाई रेखांकित गरिएको थियो। प्रतिवेदनले संस्थाको दिगो विकास सुनिश्चित गर्न पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई जोड दिँदै वित्तीय वृद्धिका लागि राजस्व, व्यय र योजनाहरूको विस्तृत विवरण दिएको छ।
कार्यक्रममा उपस्थित स्थानीय बिभिन्न संघ संथाहरुका विशिष्ट अतिथिहरूले आफ्ना विचारहरू राख्दै, विश्वव्यापी नेपाली तेक्वान्दो समुदायको एकता र साझा दृष्टिकोणलाई जोड दिँदै खुसी ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समापन कार्यक्रममा प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो।
साँझको समापन म्युजिकल नाइट र विश्वभरका सहभागी पाहुनाहरूको लागि रात्रिभोजको साथ भएको थियो।
विश्वभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक र नेतृत्वकर्ताहरूको सहभागिता रहेको अन्टिएफको चौथो वार्षिक साधारण सभाले नेपाली तेक्वान्दोको विकास र अन्तर्राष्ट्रिय सहकार्यको नयाँ युगको सुरुवात गरेको छ। सभामा पारित भएका छलफल र प्रस्तावहरूले नेपाल र विदेशमा रहेका समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
उद्घाटन तथा समापन समारोहको सञ्चालन मुना प्याकुरेलले गरेकी थिइन् भने कार्यक्रम क्यालीफोर्नियाको लस एन्जल्सका तेक्वान्दो मास्टर, स्थानीय समाजसेवी तथा ब्यापारी अमृत महतोको संयोजकत्वमा हिमालयन ग्रिल रेस्टुरेन्ट १६४०० पेसिफिक कोस्ट हन्टिगंटन बिचमा भएको थियो।
Facebook Comment