माईपेको दशैं मेला, कारोबार गर्दा स्कुटरदेखि आइफोन सम्म जित्न सकिने

डिसी नेपाल
२ असोज २०८१ ११:०१

काठमाडाैं। युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ। असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिनेछ।

माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ। मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिनेछ। त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता Earbuds, Smart watch, Analog watch, चाँदीको औंठी र रु १०,००० बराबरको Beauty Product र धेरै Gift voucher/Discount Voucher हरु जित्न सकिनेछ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख बराबरको Discount/Cashback भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०-१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ।

ग्राहक महानुभावहरुले यस अफर सम्बन्धी थप जानकरीका लागि माईपेको सामाजिक सञ्जाल तथा वेबसाइटमा हेर्न सकिनेछ।

एप डाउनलोड लिंक https://onelink.to/mypay



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *