गोकुल बास्कोटाको कटाक्ष- पाँच वर्षमा तीनवटा चुनाव गर्ने चितवनका जनता कति जाँगरिला!

डिसी नेपाल
२ असोज २०८१ ११:११

काठमाडौं। एमाले नेता एवं सांसद गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा फेरि चुनाव हुन सक्ने सम्भावना औंल्याएका छन्।

उनले सहकारी छानबिन सम्बन्धी संसदीय समितिको प्रतिवेदनले सभापति लामिछानेलाई कारबाही सिफारिस गरेपछि फेरि चितवनमा उपनिर्वांचन हुनसक्ने संकेत गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने।कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई!’

यस विषयमा डिसी नेपालसँगको कुराकानीमा पनि सांसद बास्कोटाले संसदीय समितिको प्रचलित कानुन बमोजिम कारबाही गर्न गरिएको सिफारिसले पुनः निर्वाचन हुनसक्ने सम्भावना बढेर गएको बताएका छन्।

उनले भने, ‘ लामिछानेको विरुद्धमा सहकारी ऐन र कम्पनी ऐन दुवै आकर्षित हुने भएकाले फेरि चुनाव हुने सम्भावना बढाएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *