लेबनानमा पेजर विस्फोटको कारण के हो ?

डिसी नेपाल
२ असोज २०८१ १२:३२

काठमाडौं । मंगलबार राजधानी बेरुतसहित लेबनानका धेरै ठाउँमा भएका पेजर विस्फोटमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् ।

यद्यपी पेजरमा यी विष्फोट कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन । तर हिजबुल्लाहले यसका लागि इजरायललाई जिम्मेवार ठहराएको छ भने इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

राजधानी बेरुतमा स्थानीय समय अनुसार अपराह्न ४ बजेर ४५ मिनेटमा यी विष्फोट सुरु भएका थिए ।

एक प्रत्यक्षदर्शीले मानिसको गोजीबाट धुवाँ निस्किरहेको देखेको बताए । केहि बुझ्नु अघि, त्यहाँ एक विस्फोट भयो, जसको आवाज बन्दुकको गोली वा पटाका जस्तै थियो।

एक सीसीटीभी भिडियोले पसलमा किनमेल गर्ने व्यक्तिको खल्तीमा राखिएको पेजरमा विस्फोट भएको दृश्य पनि सार्वजनिक गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो पहिलो विष्फोटपछि करिब एक घण्टासम्म शृङ्खलाबद्ध विस्फोटहरू जारी रह्यो।

विज्ञहरूले मंगलबारको विष्फोटमा हिजबुल्लाहलाई आफ्नो सुरक्षा प्रणालीमा ठूलो विश्वास रहेको बताएका छन्। यद्यपि, यी विस्फोटहरू ह्याकिङ वा पेजरको ब्याट्री ओभरहीटका कारण हुन सक्छ।

यद्यपि, केही विशेषज्ञहरूले ब्याट्री ओभरहीटिंगको सम्भावनालाई अस्वीकार गरेका छन्। सीसीटीभीमा देखिएका दृश्यका आधारमा ब्याट्री बढी तातो भएर यस्ता श्रृङ्खलाबद्ध विस्फोट हुन नसक्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *