महासचिव पोखरेलको प्रश्न-वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो ?

डिसी नेपाल
२ असोज २०८१ १२:४९

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै महासच्वी पोखरेलले सामाजिक सञ्जालमा यस्तो प्रश्न गरेका हुन्।

उनले लेखेका छन्-‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ। अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो। हैन र?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *