कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

डिसी नेपाल
२ असोज २०८१ १७:०६

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गरेका हुन्।

नेपालको संविधानको धारा १८८ उपधारा २ अनुसार कार्कीले मागेको विश्वासको मतको पक्षमा ६६ मत, विपक्षमा १५ मत परेको थियो भने दुई सांसदले मत विभाजनको प्रक्रियामा सहभागी जनाएनन्। बैठकमा ८३ जना सांसद सहभागी थिए।

मुख्यमन्त्री कार्कीले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा परेको मत बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरे।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन्। माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो। अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *