ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

डिसी नेपाल
२ असोज २०८१ २०:५२

काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई आज नगदसहित सम्मान गरेको छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लेपलेशालाई रु एक लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो। यसैगरी प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो।

व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसापत्रबाट सम्मानित भए। पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरेका हुन्।

सोही अवसरमा आवै सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो। प्रिन्सिपल बन्सीले पलेशालाई रु ५० हजार नगदसहित सम्मान गरे। आजै काठमाडौं महानगरपालिका–८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्‍यो। वडाध्यक्ष आसामान सङ्गतले पलेशा र प्रशिक्षकलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे।

फ्रान्सको पेरिसमा गत भदौ महिनामा भएको के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि सर्वियाकी खेलाडी मरिजा मिसेभलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *