च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं। युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए।
अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ। त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया
Facebook Comment