कर्मचारीलाई ५ प्रतिशत लाभांश दिने वेष्टर्न मोटर्सको घोषणा

डिसी नेपाल
३ असोज २०८१ ११:५९

काठमाडौं। वेष्टर्न मोटर्स प्रालिले १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक विनोद प्रकाश सिंह, ट्राफिक प्रहरीका प्रमुख तथा डिआईजी भरतबहादुर बोहरा, बरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराईसँगै चाटर्ड एकाउन्टेन्ट भिरोचन खनालको सहभागितामा साधारण सभा सम्पन्न भएको थियो।

सो अवसरमा नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले २०८०/ ८१ को कम्पनीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले बजार ओगटेसँगै अन्य सवारीको बिक्रीमा गिरावट आएको उनले बताए।

आगामी दिनमा रचनात्मक भूमिका खेल्न सम्बन्धित सबैमा उनले अपिल गरेका छन् । सो अवसरमा नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले समेत स्वागत मन्तब्य दिएका थिए।

उक्त कार्यक्रम मा नेपाल सरकार सचिव तथा महालेखा नियंत्रक श्रीमान विनोद प्रकाश सिंह, वरिष्ठ अधिवक्ता तथा वेष्टर्न मोटर्स प्रा.ली. का कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, एनएमबी बैंक सितापाईला शाखा , एनएबि एसोसियसन, युभी एसोसियट्स चार्टड एकाउन्टेन्ट्सका सीईओ विरोचन खनाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । ग्रोथ बुस्टर अवार्ड सेल्स म्यानेजर संगीता पुडासैनी, हाइएस्ट इभी सेल्स अवार्ड सोरूम म्यानेजर सौरभ गौतम, लङ टर्म एसोसियसन अवार्ड अकाउंट एण्ड फाईनान्स म्यानेजर अवार्ड सुनिता श्रेष्ठलाई प्रदान गरिएको थियो ।

तीनै जनालाई जनही ५१ हजारका दरले नगद समेत प्रदान गरिएको थियो । वार्षिक साधारण सभाकै अवसरमा यस आर्थिक वर्षदेखि कम्पनीमा ५ वर्ष सेवा दिएका कर्मचारीलाई लाभांसको ५ प्रतिशत सेयर दिने घोषणा समेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *