लेबनानमा पेजर र वाकीटकीमा भएको विस्फोटमा अहिलेसम्म ३२ जनाको मृत्यु

डिसी नेपाल
३ असोज २०८१ १२:३५

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १८ मा भएको श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको र ४५० जना घाइते भएको बताएको छ ।

यी शृंखलाबद्ध विस्फोटहरू वाकी-टकीमा भएका थिए। वाकी-टकी एक ताररहित मेसिन हो जुन सञ्चारको लागि प्रयोग गरिन्छ।

१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विष्फोट भएको थियो । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।

विष्फोट गराउने वाकी-टकी उपकरणहरू हिजबुल्लाहले प्रयोग गरिरहेको थियो। यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए।

हिजबुल्लाहले इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन।

बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *