क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गरे महत्वपूर्ण घोषणा, नेपाली विद्यार्थी प्रभावित हुने

डिसी नेपाल
३ असोज २०८१ १४:२३

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा महत्वपूर्ण घोषणा गरेका छन् । उनको नयाँ घोषणा पछि क्यानाडामा पढ्न जाने विद्यार्थीहरूको लागि कठिनाइहरू बढ्न सक्छ।

जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिइने अनुमति अर्को वर्षसम्ममा अझै घटाउने घोषणा गरेका छन्।

उनले यसबारे ‘एक्स’ मा पोस्ट पनि गरेका छन् । जस्टिन ट्रुडोले आफ्नो पोस्टमा लेखेका छन्, ‘हामीले यसै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ३५ प्रतिशत कम अनुमति दिइरहेका छौं। अर्को वर्ष यो थप १० प्रतिशतले घटाइनेछ।’

क्यानडाका प्रधानमन्त्रीले प्रवासले आफ्नो अर्थतन्त्रलाई फाइदा भएको लेखेका छन् । उनले भनेका छन् ‘तर जब केही खराब व्यक्तिहरूले प्रणालीको दुरुपयोग गर्छन् र विद्यार्थीहरूको फाइदा उठाउँछन्, हामीले उनीहरूलाई कारबाही गर्नुपर्छ।’

हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अध्ययन गर्न क्यानडा जान्छन्। यस्तो अवस्थामा क्यानडा सरकारको यो निर्णयले ती विद्यार्थीका लागि थप समस्या खडा गर्न सक्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले औसत क्यानाडाली विद्यार्थीको तुलनामा तीन गुणा बढी शुल्क तिर्नुपर्छ। क्यानाडा सरकारको २०२२ को प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर योगदान गरेका छन्। यस बाहेक करिब २.२ लाख नयाँ रोजगारी सृजना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *