कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री शाह

डिसी नेपाल
३ असोज २०८१ २२:२६

गोदावरी (कैलाली)। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरिबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको शिकार बन्दै गएको बताएका छन्।

‘वल्र्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा आज धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणको समस्या विकराल बन्दै गएकाले त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए। उनले सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खानेकुराको बारेमा सचेत गराउन जरुरी रहेको उल्लेख गर्दै दुरदराजका जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुराबारे सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षाबारे सचेतना फैलाउन सरोकारवाला निकाय सबैको भूमिका महत्वपूर्ण रहेको बताए। सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का र प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन सरकार प्रतिबद्ध भएर लाग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *