च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात

काठमाडौं। एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ।
गएराति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २-१ गोल अन्तरले पराजति गर्दै विजयी शुरुवात गरेको हो।
एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए। त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए।
अब एटलेटिको म्याड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेइपजिंगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया
Facebook Comment