यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

डिसी नेपाल
४ असोज २०८१ २१:२३

काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ।

यस्तै असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ। असोज १८ गते बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर फेर्ने साइत छ। असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *