प्रधानमन्त्री ओली न्यूयोर्कमा

डिसी नेपाल
५ असोज २०८१ ११:१४

न्यूयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क आइपुगेका हुन्  ।

प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *