काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

डिसी नेपाल
५ असोज २०८१ २१:१८

कठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन्।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राखे। उनले सेवा गरेमात्र जनताले पत्याउने बताए। देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए।

उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए। ‘हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,’ उनले भने, ‘आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *