बायर्न म्युनिखको फराकिलो जित

काठमाडौं। जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ।
गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए भने जमाल मुसियाला, ह्यारी केन र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए।
यो जितपछि बायर्न म्युनिखको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै वेर्डेरको ४ खेलमा ५ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment