मण्डला थ्रियटरमा नाटक ‘अगम’ प्रदर्शन

डिसी नेपाल
६ असोज २०८१ १०:२०

काठमाडाैं। नाटक ‘अगम’ मण्डला थ्रियटरमा १ सातादेखि प्रदृशन भइरहेको छ। सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको संघर्षको कथा हेर्ने आज अन्तिम दिन हो। १ सातादेखि प्रर्दशनरत नाटक ‘अगम’ले दर्शकको राम्रो साथ पाइरहेका बेला आज अन्तिम दिन साँझ ५ बजे सिंगल शोका रुपमा प्रदर्शन हुँदैछ।

नाटकमा आशारनिराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ। जुन सामान्यतया लुकाइन्छ र बेवास्ता गरिन्छ । नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले गाज्न खोजेको देखिन्छ।

नाटकमा एक महिलाको पीडादायी यात्रको पीडा छ, जसको जीवन बारम्बार गर्भपात र समाजको अपमानले परिवर्तन हुन्छ। एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ। मानसिक आवेगले कसरी एउटी महिला आपराधिक घटनातर्फ होमिन्छिन् भन्ने पाटोलाई पनि नाटकभित्र उजागर गर्न खोजिएको छ।

महिलाको आँखाबाट भनिएको कथाले महिलाको पीडामा केही हदसम्म मलहम लगाउन सकिन्छ कि भन्ने आशाले नाटक निर्देशन गर्न होमिएको लेखक तथा निर्देशक प्रीतिशा अधिकारी बताउनुहुन्छ । यहाँ साक्षर र शिक्षित समाज फरक छ ।

नाटकबाट दर्शकले बुझ्नुपर्ने कुरा के हो भने, जब महिलालाई मातृत्वसँग सम्बन्धित कुनै पनि गल्ती नगर्नुपर्ने एक उचाइमा राखिन्छ । उनीहरू वंश परम्परालाई जोगाउनुपर्ने जिम्मेवारीको मानसिक भारले थिचिन्छन्, उनीहरूलाई अपराध गर्न बाध्य पारिन्छ । यिनै कुरालाई नाटकीय स्वरूपमा एउटा महिलाभित्र लुकेको अनेकन पीडा नाटकमार्फत बाहिर ल्याउने प्रयत्न गरेकी छु ।

नाटकमा सुष्मा निरौला, उमेश सुनाम, दिपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुष्मा लामा , रोशन, बसु बराल लगायतको अभिनय रहेको छ भने सहायक निर्देशकमा रोशन रहनुभएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *