बंगलादेशविरुद्ध भारत २८० रनले विजयी

डिसी नेपाल
६ असोज २०८१ १२:०३

काठमाडौं। भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ।

भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो।

भारतको जितमा आर आश्विनले ६ विकेट लिँदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए। त्यस्तै रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले एक विकेट लिएका थिए। त्यस्तै बंगलादेशका लागि कप्तान नाजमुल होसैन शान्तोले सर्बाधिक ८२ रन बनाएका थिए।

जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो। भारतले पहिलो इनिङमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको थियो।

भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए। गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए।

यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो।

यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ। अब दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *