ममता काफ्लेको शव टुक्रा-टुक्रा पारेर फोहरमा फालिएको प्रमाण अदालतमा पेश

डिसी नेपाल
६ असोज २०८१ १२:४३

काडमाडौं। अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या गरेर उनको शवलाई फरक फरक ठाउँमा फोहरमा फ्याँकिएको प्रमाण अदालतमा पेश गरिएको छ।

सरकारी वकिलहरुले ममताका श्रीमान नरेश भट्टले शवका टुक्राहरु डिस्पोज गरेको प्रमाण पेश गरेपछि अदालतले नरेशलाई धरौटीमा छाड्नुपर्ने मागलाई अस्वीकार गरेको छ।

हिरासतमा रहेका ममताका श्रीमान नरेशले ममताको शव नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दावी गर्दै धरौटीमा रिहा गर्न माग गरेपछि शुक्रबार प्रिन्स विलियम काउन्टी कोर्टमा यो मुद्दामा सुनुवाइ भएको थियो।

सोही सुनुवाइमा अभियोजकहरुले नरेशले ममताको हत्या गरेर शवलाई टुक्रा टुक्रा पारी फरक फरक ठाउँमा विसर्जन गरेको प्रमाण पेश गरेका हुन्। नरेशविरुद्ध शव विसर्जनको प्रमाण अदालतमा पेश गरिएको यो पहिलो पटक हो।

अभियोजकले अदालतमा बताएअनुसार नरेश र ममताको मनसास पार्कस्थित घरमा खानतलासीका क्रममा के नाइन क्याडाभर कुकुरले घरको मुख्य बेडरुम र बाथरुपमा शव राखिएको पत्ता लगाएको थियो।

यसबाहेक ममता हराएपछिका दिनमा नरेश उत्तरी भर्जिनियाका धेरै क्षेत्रहरुमा गाडी लिएर घुमिरहेको सीसीटिभी क्यामेरामा रेकर्ड भएको थियो ।

नरेश यसरी गाडी लिएर घुम्दा धेरैजसो आधा रातको समयमा घुम्ने गरेका थिए। ममता अन्तिम पटक आफूले काम गर्ने स्वास्थ्य केन्द्रमा देखिएर बेपत्ता भएको लगत्तै नरेश यसरी विभिन्न ठाउँमा जाँदै फोहर पोको पार्ने झोलाहरु विभिन्न ठाउँमा राखिएका फोहर जम्मा गर्ने डस्टबिनमा फ्याँक्दै गरेका देखिएका थिए। ती झेलाहरुमा ममताको शरीरका टुक्राहरु भएको दावी गरिएको छ।

यसरी फोहर पोको पार्ने झोलाहरु फरक फरक ठाउँमा फ्याँक्दै खिँड्ने क्रममा नरेश पञ्जा लगाएको अवस्थामा देखिएका थिए । उनले टेस्ला कार लिएर हिँड्ने गरेका थिए जुन कार उनले ममता हराएको र आफू यसरी फोहरका पोकाहरु फ्याँदै हिँडेको केही दिनपछि नै बेचेका थिए । सेभेन न्यूजका अनुसार अदालतमा सरकारी वकिलले भने ‘उनको हत्या गरिएको, शवलाई टुक्रा-टुक्रा पारिएको र फोहरजस्तै फयाँकिएको प्रमाणमा उल्लेख गरिएको छ ।’

अभियोजकका अनुसार नरेश लाउडाउन काउन्टी नजिकै पनि क्यामेरामा देखिएका थिए। यही ठाउँमा ममताको मोवाइल फोन अन्तिम पटक चालु अवस्थामा भेटिएको थियो। यहाँ नरेशले कपडा दान गर्ने भाँडोमा एउटा ब्याग राखेर हिँडेका थिए। प्रहरीका अनुसार यो झोलामा एउटा बाथरुम म्याट थियो र त्यसमा रगत लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *