बिदेशीको नक्कल गर्दै गर्दा स्वदेशी संस्कृतिको धुलिसात
मानिसको नक्कल गर्ने बानी बाल्यकाल देखि नै शुरु हुन्छ। यसलाई अंग्रेजीमा कपी गर्ने भन्ने गरिन्छ। सानो बालक जब हिँडेर ताते गर्न सक्ने हुन्छ, उसले नक्कल गर्न पनि शुरु गरिसकेको हुन्छ।
बालक किन ठूलो मानिसको भाषा, ठूलो मानिसले गर्ने हरेक क्रियाकलापको नक्कल गर्दछ त? यसको कारण हो उसले अव यस संसारमा जीउँनको लागि धेरै कुरा जान्नुपर्नेछ। उ यो संसारमा आएको सबैभन्दा नौलो मानिस हो। उसलाई यहाँको बारेमा केही पनि थाहा छैन। उसले अथाह कुरा सिक्नु छ।
यसैले उ ठूलो मानिसको नक्कल गरेर नै धेरै कुरा सिक्दछ। पहिले त उ आमा, बा, दिदी दाजु जस्ता आफ्ना वरिपरी भएका परिवारका सदस्यहरुको नाम भन्ने गर्दछ। उ यी शव्दहरु दोहर्याइ तेहर्याइ धेरैपटक भन्दछ। जतिपटक दोहर्याउँदा पनि यी शब्दहरु उसलाई रमाइलो लागिरहेको हुन्छ।
यस्तै शारीरिक कृयाकलापमा पनि उ एकदमै ज्यादै क्रियाशील हुन्छ। उनीहरुको जस्तो क्रियाशीलता ठूलो मानिसले एक छेउ पनि गर्न सक्दैनन। सानो कोक्रामा खेल्ने बच्चाले यति हातखुट्टा चलाउँछ की ठूलो मानिसलाई सुतेर त्यतिकै हातखुट्टा चलाउन लगायो भने उ दुई मिनेट यो काम गर्न सक्दैन।
बालकको शारीरिक क्रियाकलाप अत्यधिक हुन्छ। यसबाट उसको शारीरिक बिकासमा मद्दत पुग्दछ। खाने, बस्ने, हिँड्ने र भाषा सिक्ने कुरामा ठूलो मानिसको नक्कल बच्चाले अत्यन्त धेरै गर्न मन पराउँछ। यसवाट उसलाई सामाजिक जीवनमा अन्तरक्रिया गर्ने र सामाजीकिरण हुन मद्दत पुगिरहेको हुन्छ।
अलि ठूलो भएपछि उसले बिद्यालय र त्यसपछि साथीभाइबाट पनि सामाजिक जीवनका अनेक पक्ष सिक्न बुझ्न र अनुसरण गर्न नै उसको दिनचर्या बितिरहेको हुन्छ। अझै ठूलो हुँदै जाँदा विद्यालय कलेज जीवन सकेर कुनै पेसा गर्ने सिलसिलामा पनि नजानेका कुरा जान्नेबाट सिक्ने र नक्कल गर्ने काम निरन्तर गरी नै रहन्छ।
अरुको लिनु र आफ्नो छोड्नुको अर्थ नेपाल भनेको केही होइन, यो देशमा अब आफ्नो र आफ्नो बालबालिकाको भबिष्य छैन। सबै भन्दा राम्रो संंस्कार संस्कृति भएको देश त यूरोप अमेरिका हो भन्ने मनस्थिति तयार गर्नु हो।
नक्कल गर्ने कामले उसको काममा बिस्तारै परिस्कृतता आइरहेको हुन्छ। शुरु शुरुमा गाहारो लागेको काम पनि अव उसलाई सजिलो लाग्न थाल्छ। यसरी सजिलो लाग्नुको अर्थ कामको प्रकृति सजिलो भएर हैन बरु उसको आफ्नै क्षमता बृद्धि भएर हो। यसरी नै एउटा मानिसले आफ्ना अभिवाबक, गुरु र साथीभाइसँग समेत सिकेर अनुसरण गरेर जीवनका अथाह ज्ञान सिक्दै उ एउटा देसको सच्चा र सक्षम नागरिक बन्दछ।
मानिस ठूलो भएर ब्यबहारमा पाकोपना आइसकेपछि अरुबाट कुनै पनि कुरा नक्कल गर्ने होइन कि राम्रा कुराको अनुशरण गर्ने र नराम्रा कुराको बेवास्ता गर्नुपर्ने हो। अनुसरण गर्ने र नक्कल गर्ने भन्ने कुरा फरक कुरा हो।
नक्कल गर्ने भनेको जस्ताको तस्तै हुबहु अरुले जे गर्छ उस्तै गर्ने हो। जसरी फोटो कपी गर्दा जस्तो सक्कल त्यस्तै नक्कल आउँछ, त्यस्तै गर्ने हो। अनुशरण गर्ने भनेको अरुवाट सिकेको कुरा आफ्नो जीवन र व्यबहारमा मिल्ने गरी त्यसलाई लागू गर्ने हो। नराम्रा कुरा बेवास्ता गर्न सक्नु पनि एउटा महत्वपूर्ण गुण हो।
हाम्रा स्कूल कलेजले नक्कल गर्न सिकाउँछन तर अनुशरण गर्न सिकाउँदैनन। बिदेशी चालचलन संंस्कार संस्कृति सिकाउने धेरैजसो त हाम्रा विद्यालयहरु हुन। त्यसमा पनि निजी विद्यालयहरु। जन्म दिनमा ह्यापी बर्थ डे भन्दै केक काट्ने कुरा र क्रिसमस मनाउने कुरा उनीहरुले नै सिकाएका हुन भन्दा फरक पर्दैन।
जन्म दिनमा बलेको बत्ती निभाएर अन्धकार बनाउने परम्परा पश्चिमाहरुको हो हाम्रो हैन। यसले हाम्रो संस्कृतिमा शुभ संकेत गर्दैन। बालकहरु त बालक भै गए, हाम्रा अभिवावकहरुले बिदेशी चाल चालन र बिदेशी संस्कार संस्कृति भन्दा स्वदेशी संस्कार र संस्कृति सबैभन्दा प्यारो हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हो।
त्यो बिषयमा कुन ठिक र कुन बेठिक भन्ने कुरा छुटयाउन हामी सबै चुकेको देखिन्छ। नेपालकै नक्साको बडा केक बनाई कुनै दिन हाम्रा प्रधानमन्त्री स्वयंले कर्मचारी प्रहरी आर्मी र कार्यकर्ताहरु सबै राखी हजम गरेको कुरा पनि आएको थियो।
त्यो पनि हेलिकप्टरमा केक ओसारेर भएको यस्ता क्रिययाकलापले हामी बिदेशी संस्कारको सिको गर्न र आफ्नो संस्कृतिलाई हेला गर्न कति खप्पिस छौं भन्ने कुरा यस उदाहरणबाट बुझ्न सक्दछौं। हामीले अरुको नक्कल गर्न सिक्यौं। अरुको सस्कार संस्कृतिको खुब नक्कल ग¥यौं तर आफ्नो संस्कार संस्कृतीको माया गर्न बिर्स्याैं।
अरुको लिनु र आफ्नो छोड्नुको अर्थ नेपाल भनेको केही होइन, यो देशमा अब आफ्नो र आफ्नो बालबालिकाको भबिष्य छैन। सबै भन्दा राम्रो संंस्कार संस्कृति भएको देश त यूरोप अमेरिका हो भन्ने मनस्थिति तयार गर्नु हो।
यही मनस्थितिका कारण हाम्रा नेताहरुले पनि उतैबाट आएको उद्दार अर्थनीतिको नक्कल गरी देशमा भएका राष्ट्रिय उद्योगहरु पनि बेचिदिए। हामी यो देशलाई बेदखली गरी खाली बनाउन बालबालिकाको मनस्थिति तयार गीिरहेका छौं। हाम्रो देशको शिक्षा नीति पनि स्वदेशमा केही गरेर खाने खालको छैन। बिदेश पलायन गराउने खालको नै छ। नेता कर्मचारी शिक्षक र अभिवाबक सबैले उस्तै शिक्षा दिएपछि बालबालिकाहरुले सिक्छन् के?
के हामी परापूर्व कालदेखि नै पिछडिएका क्षेत्र पिछडिएको संस्कृतिमा बसोबास गर्ने जातजातिहरु हौं त? त्यो कुरा बुझ्न पूर्वीय सभ्यताको केही कुरा बुझ्नु अति जरुरी हुन आउँछ। खगोल शास्त्र, ज्योतिष शास्त्र, आयूर्वेद र योगा शिक्षाको आविस्कार र बिकास हाम्रैमा भएको थियो।
प्राचीन ऋषिमूनीहरु आजका पश्चिमा बैज्ञानिकका पनि परम पिता थिए। ग्रीसका बैज्ञानिक पाइथागोरस स्वयं ज्यामिती सिक्नको लागि हामी कहाँ नै आएका थिए। यस बारेमा म केहि बिश्वबिख्यात बिद्वानहरुको भनाइ यहाँ राख्न चाहन्छु।
फ्राँस्वा भोल्तेअर (फ्रान्सका प्रशिद्ध लेखक र दार्शनिक)
म बिश्वस्त छु हाम्रामा सबैकुरा गंगाजीका तटबाटै प्राप्त भएका छन। खगोल शास्त्र, ज्योतिष शास्त्र, आध्यात्म बिद्या सबै सबै। यो बिशेष उल्लेख्य कुरा छ। पच्चिस सय बर्ष अघि ग्रीसको समोस टापूका पाइथागोरस ज्यामिती सिक्न गंगाजीको तट सम्म पुगेका थिए।
आर्य ब्रम्हाणहरुको यश धेरै अघि यूरोपमा स्थापित भइनसकेको भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला। वेद यस्तो सर्बाधिक मूल्यवान उपहार हो, जसका निमित्त पाश्चात्य जगत सधैं पूर्वप्रति ऋणी रहेको छ।
जा-सिल्भाइन बेली (माहान फ्रान्सेली खगोलविद् र राजनीतिज्ञ)
हिन्दूहरुको खगोल शास्त्र संसारमा प्राचिनतम विद्या हो। हिन्दूहरुबाटै इजिप्सिअन, ग्रीसेली र यहाँसम्म की यहुदीहरुले समेत त्यसको ज्ञान प्राप्त गरेका थिए।
चार हजार पाँच सय वर्ष पूर्व हिन्दूहरुले गणना गरी निकालेको तारा गणहरुको गती आजसम्म क्यासिनी र मेयरले निकालेका आधुनिक तालिका भन्दा एक पल पनि फरक परेको छैन।
पियरे साइमन डी ल्यापलेस (महान फ्रान्सेली गणितज्ञ, दार्शनिक र खगोलविद्)
सारा पश्चिमा जगतलाई शून्य (जीरो) को ज्ञान दिने पूर्वीयााहरु नै हुन्। शून्य (०) को आविष्कार उनीहरुले नै गरेको हो। जसको ज्ञान नभएको भए अंकगणितको समस्या सामाधान हुने थिएन।
बिश्वबिख्यात बिद्वानहरुको भनाइहरुको यो एउटा सानो अंश मात्र हो। हामीलाई उपरोक्त पूर्वीय दर्शनबारे पश्चिमा बिद्वानहरुको भनाइ उपलब्ध गराउने महत्वपूर्ण श्रोत सलिल ज्ञवाली हुन्।
पूरा एसिया भरीका भाषा भाषिमा उल्था गरी यस्ता पुस्तक पढाउन सकिएमा सारा एसिया पनि जुरुक्क उठ्नेछ अनि भन्ने छ हामीले आफैंले आफैंलाई चिनेका रहेनछौं। प्राचीनतम हाम्रा ग्रन्थहरुलाई हामीले राम्रोसँग अध्ययन अनुसन्धान गर्न सकेनौं। बरु पाश्चात्य बिद्वानहरुले यसको अध्ययन अनुसन्धान गरिरहेकका छन्।
यदि हाम्रोमा शून्यको आविष्कार नभएको भए गणित बिषय अधुरो नै रहन्थ्यो। ठूला बैज्ञानिक आविष्कार पनि अलमलमा पर्थ्याे। गौतम ऋषिको न्याय दर्शनमा बर्णन गरेको गुरुत्वा पतनम शब्दले गुरुत्व बलको कुरा हाम्रा पुर्खालाई थाहा भैसकेको रहेछ भन्ने ज्ञात हुन्छ।
पतनमको अर्थ माथि भएको बस्तु तल झर्ने भन्ने कुरा हो। योग शिक्षाको आबिष्कार समेत अझ हाम्रो नेपालमै भएको थियो। प्राचिनतम योगका आबिष्कारक हामीले मान्दै आएका माहादेव स्ययं हुन्।
हामी किन पछि पर्यौं भन्ने सवालमा धेरै छलफल हुदा एक जना बिद्वानले भन्दै हुनुहुन्थ्यो हाम्रा महत्वपूर्ण ज्ञाता, आबिष्कारक र प्राबिधिक पक्ष भाहाभारत यूद्ध कालमा सबै मारिए र पूर्वीय सभ्यताको महत्वपूर्ण क्रमिकता यहीँ नीर टुंंगियो।
यसको ब्याख्या गर्ने एउटा मानिस पनि बाँकी रहेनन्। जे जति छन् प्राचिनतम ग्रन्थहरुमा सुरक्षित छन्। त्यो जो कोहीले बुझ्न सक्तैनन। ती ग्रन्थहरु पनि धेरै यूरोप अमेरिका पुगिसकेका छन्।
यसैले हामी महत्वपूर्ण ज्ञान बिज्ञानको खानी अरुलाई देखिरहेछौं। हामी आफैंले आफैंलाई पत्याउँदैनौ। यदि हामीले हामी र हाम्रो भूमीको माया गर्ने हो भने एक पटक फेरि ठण्डा दिमागले हामी सबैले घोत्लिनु आवश्यक छ।
Facebook Comment