इरानमा कोइला खानीमा विष्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु

डिसी नेपाल
६ असोज २०८१ १४:२८

काठमाडौं । इरानको दक्षिण खोरासान प्रान्तको कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएको सरकारी टेलिभिजनले आइतबार जनाएको छ ।

२४ जना अझै बेपत्ता छन् । मदान्जु कम्पनीद्वारा सञ्चालित खानीको दुई ब्लकमा मिथेन ग्यास विस्फोट हुँदा दुर्घटना भएको सरकारी टेलिभिजनले जनाएको छ। विस्फोट हुँदा ब्लकमा ६९ जना कामदार रहेको बताइएको छ।

“१७ जना घाइतेहरूलाई अस्पताल लगिएको छ र २४ जना अझै बेपत्ता छन्”, इरानको रेड क्रिसेन्टका प्रमुखलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ।

विस्फोट शनिबार स्थानीय समयअनुसार राती ९ बजे भएको थियो । राष्ट्रपति मसूद पेजेस्कियनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। “मैले मन्त्रीहरूसँग कुरा गरें र हामी अनुगमन गर्न सक्दो प्रयास गर्नेछौं”, पेजेस्कियनले टेलिभिजन टिप्पणीमा भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *