दुर्गा प्रसाईं पक्राउ

डिसी नेपाल
६ असोज २०८१ १५:५९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *