सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

डिसी नेपाल
६ असोज २०८१ १७:३६

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले कारबाही सिफारिस गरेको तत्कालीन प्रवन्ध निर्देशक रहेका रास्वपा सभापति लामिछाने पनि प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *