सांसद एकनाथ ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समितिको अध्यक्षसँग भेट

डिसी नेपाल
७ असोज २०८१ ७:०६

बुडापेस्ट। मित्रराष्ट्र हंगेरिको मैत्रीपूर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथसँग शिष्टाचार भेट गरेका छन्।

हंगेरीयन संसद भवनमा भएको भेटमा दुइ मित्र राष्ट्रको आपसी हित, नेपाल र हंगेरीको संसदबीच आदान प्रदान र समान चासोको बिषयमा सहकार्यबारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ।

भेटमा सांसद ढकालले अध्यक्ष ज्सोल्ट नेमेथलाइ नेपालको भ्रमण गर्न गर्नु भएको आग्रहको उनले ग्रहण गर्दै उपयुक्त समयमा हंगेरीका सांसदहरुले नेपाल भ्रमण गर्ने बिश्वाश दिलाए।

सांसद ढकालले प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको शुभकामना सन्देश पनि अध्यक्ष ज्सोल्ट नेमेथलाइ दिएका थिए।

हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथको मैत्रीपुर्ण निमन्त्रणामा ३ दिने भ्रमणको लागि बुडापेस्ट पुगेका ढकालले हंगेरीका सांसदहरुसंग अन्तरक्रिया गर्नुको साथै संसद भवनको पनि अबलोकन गरेका थिए।

हंगेरीको संसद भवन विश्वकै एक सुन्दर, कलात्मक र बिशाल मानिन्छ। हंगेरी संसद भवनको उद्घाटन सन् १९०४ मा भएको थियो र यस भवनको डिजाइन इमरे स्टाइन्डलले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *