बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौं जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २-२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए। त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए।
यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ। त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment