आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल-२०२४’ घोषित

डिसी नेपाल
७ असोज २०८१ ११:२२

काठमाडौं। आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल-२०२४’का विजेताहरु घोषित भए। आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका हुन्।

शनिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा जुनियर गर्लतर्फ फष्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेन्ड रनर अप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा र फोर्थ रनरअप काब्या बुढाथोकी चुनिँदा सिनियर गर्ल तर्फ फष्ट रनरअप दृष्टि सिंह थारु, सेकेन्ड रनरअप आरोही कर्ण, थर्ड रनरअप ब्रिसा भट्ट, फोर्थ रनरअप जेसी महर्जन भए।

प्रतियोगीतामा सिनियर ब्वाइज तर्फ फष्ट रनरअप आरोहण चिपालु, सेकेन्ड रनर अप अग्रिम पोखरेल थर्ड रनरअप राहुल यादव, फोर्थ रनरअप रुबिन श्रेष्ठ घोषित भए।
विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका अलवा बिभिन्न गिफ्ट हृयाम्पर प्राप्त गरे।

लभ कार्की (मुख्य कार्यकारी निर्माता मिडिया ९), मनोज विश्वकर्मा (प्रिन्सिपल युनाइेटट स्कुल), सन्तोष चापागाई (ईसिए कोअडिनेटर भ्याली भ्यु-स्कुल), सब्रिना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेल फेयर), बिमल कटवाल (प्रिन्सिपल ललितपुर युरो स्कुल), आशिष थापा (चिफ अपरेशन अफिसर-जेभियर इन्टरनेशनल स्कुल), अनामिका कार्की (स्कुल प्रोग्राम म्यानेजर–काठमाडौं युरो आईबी वल्र्ड स्कुल’ लगायत निर्णायक रहेका थिए।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आठाैं संस्करण अन्तर्गत आयोजना गरेको प्रतियोगीता बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *