साउथ सुपरस्टार चिरञ्जीवीलाई गिनिज वर्ल्ड रेकर्डको तर्फबाट आमिर खानले सम्मान गरे

डिसी नेपाल
७ असोज २०८१ १४:२७

काठमाडौं । फिल्म स्टार चिरञ्जीवी कोनिडेलालाई भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्ड्सले सम्मान गरेको छ। आइतबार हैदराबादमा आयोजित एक कार्यक्रममा यो सम्मान प्रदान गरिएको हो ।

फिल्म स्टार आमिर खानले चिरञ्जीवीलाई यो प्रमाणपत्र दिएका छन् । मेगास्टार चिरञ्जीवीको नाम १५६ फिल्ममा ५३७ गीतमा २४ हजार डान्स मूभ प्रदर्शन गरेर गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो ।

यस अवसरमा चिरञ्जीवीले भने, “म यो क्षण कहिल्यै बिर्सने छैन। नृत्यको लागि सम्मानित हुनु ठूलो कुरा हो। डान्सले मलाई स्टार बनायो।”

आमिर खानले भने, ‘तपाइँहरू जस्तै म पनि चिरञ्जीवी गरुको फ्यान हुँ । उहाँ मेरो दाजु जस्तै हुनुहुन्छ। उहाँलाई कुनै पनि गीतमा हेर्ने हो भने उहाँले मनैदेखि प्रस्तुती गर्नुहुन्छ । तपाईं उहाँबाट आफ्नो आँखा हटाउन सक्नुहुन्न।”

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले एक्समा अवार्ड पाएको भिडियो शेयर गरेर चिरञ्जीवीलाई बधाई दिएका छन्।

उनले लेखेका छन्, ‘म मेगा स्टार र पद्मविभूषण चिरञ्जीवी गरुलाई गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराउनु भएकोमा बधाई दिन्छु । उहाँले आफ्नो कला मार्फत तेलुगु सिनेमामा अतुलनीय योगदान दिनुभएको छ। यसले विश्वभर तेलुगुको सम्मान बढाएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *