कथा : ए मोरी

बंशीकुमार शर्मा
९ असोज २०८१ १२:०३

ए मोरी कति राम्री लखनउको केशरबागमा भेट भयो। सेतो टिर्सट जिन्स पाइन्ट लगाएकी हिसिक्क परेकीले मुसुक्क मुस्काउँदै नमस्कार गरिन् म त अलमलमा परेँ। पछिल्लोतिर फर्केर हेर्दा बसपार्कमा रहेछु।

म अलमलमा परेँ, बहिनी आप हमे पहिचानी हो? टुडेफुटे हिन्दीमा बोलेँ। उसले के तपाईं शर्मा दाइ होइन? यात्रामा कठिनाई त भएन? नेपालीमा भनिन्। म झन् अलमलमा परेँ हो म शर्मा दाइ हो यात्रा रमाइलो नै भयो।

त्यति भनेपछि मैले बहिनीको नाम सोधेँ। ‘मिनाक्षी चटर्जी’ छोटो जवाफ दिँदै भनिन्, ‘आमाले तपाईंहरुलाई लिन पठाउनु भएको हो।’ आज कृष्ण अष्टिमी दिन मिनाक्षी बहिनीसँग भेट भयो।

देख्दैमा राधा जस्ती करिव ५ फिट ६ इन्च अग्ली सेतो टिर्सट निलो जिन्स पाइन्छ लगाएकी। ‘हतार नगरौं आमाले खाना बनाइ सक्नु भएको होला। हामी त दुई जना आएका छौं। यिनको नाम सीता हो भन्न नपाउँदै नमस्कार भाउजू भनिहालिन्। छोटो समयमा त्यति कुराकानी भएपछि भाउजूको झोला म बोकी दिन्छु भनेर टयाम्पो बोलाइन्। हामी दुई जना अफ्ठारोमा परुयौ।

भारतको लखनउमा एक अपरिचित केटीलाई कसरी बिश्वास गर्ने? कताकता आफुनै मान्छे जस्तो माया पनि लागिसकेको थियो। बिश्वास गर्ने नगर्ने दोधारमा पर्यौं। त्यही पनि मैले बहिनी कोठा बुक गरौं त्यस पछि घरमा जाउँला हुदैन भनेँ। उनले जिद्दी गर्न लागिन्‘ कहाँ हाम्रो घरमा बस्ने हो। पापाआमा रिसाउनु हुन्छ।’

‘हामीसँग अरु साथी पनि छन्। सवै अमिनावाद छेदिलाल धर्मशालामा बस्ने सल्लाह छ। एक पटक अमिनावाद जाउँ त्यस पछि जाँदा हुँदैन’ मैले भनेपछि उनले मौन स्वकृति जनाइन्। अरु साथीहरु पनि आइसकेका रहेछन्। हामीले पनि धर्मशालाको २०५ नम्वर कोठा बुक गर्यौं।

‘सीता र मिनाक्षी तिमीहरु कुरा गर्दै गर म फ्रेश भएर आउँछु’ भन्दै म टावेल लिएर बाथरुम छिरेँ। आउँदा सीता र मिनाक्षीले स्याउ खाँदै धेरै वर्षपछि वाल्यकालका साथीसँग भेट भएको जस्तो गफ गरिरहेका थिए। एक जनाले हिन्दी टुठेफुटे बोल्न र अर्काले नेपाली टुठेफुटे बोल्ने। दुवैले आफ्नै मान्छे भेटाएकोमा खुसीले गद्गद् थिए।

सीतालाई त वास्तविक कुरा थाहा दिएन भने मिनाक्षीलाई थाहा हुने कुरै भएन। सीतापनि दुलही भएको धेरै वर्ष भएको थिएन। उनले हाम्रा सबै रिस्तेदार चिनिसकेकी थिइनन्। यहाँ पनि नयाँ रिस्तेदार रहेछन् भन्ने उसलाई लागेको हुन सक्छ।

मिनाक्षीले त आफू लिन आएको आफ्नै मान्छे मानेकी थिइ। म फ्रेस भएर आएपछि स्याना नानीले भने जस्तो लाडे स्वभावमा अब घर जाउँ दाइ भन्न लागिन्। हामी सवै जान तयार भयौं। कोठाको ढोका लगाएर बाहिर निस्क्यौं। धर्मशालाको नजिकै रहेको ट्याम्पो चढेर चारबाग गएर चिया खाउँ त्यस पछि जाने मैले प्रस्ताव राखेँ उनले सहर्ष स्वीकारिन्। देख्दा बिछटटै राम्री थिइ।

चिया पसलमा पहिला पानी मगाएँ त्यसपछि चिया तीन कप अर्डर गर्यौं। सीता र मिनाक्षी दुवैले भोक लागेको छ नमकिन र लस्सी खाने भने पछि म मात्र चिया पिउने भएँ। त्यही क्रममा बहिनी तिम्री आमाले के भनेर लिन पठाएको तिमी झुक्कियौ कि?

कुरा मैले सुरु गरेँ-होइन दाइ आमाले आफ्नो माइती दाइका छोरा मेरो मामाको छोरा दाइलाई लिन पठाएकोमा झन् भाउजू पनि लिएर आउनु भएछ झन् खुसी लाग्यो। उ हामीलाई देखेर गद्गद् छ।

तिमीले आफ्नो मामा दाइलाई चिन्छौं। भनेर सोधेको उनले ‘म अहिलेसम्म मामा घर गएकी छैन। मामालाई त चिनेकी छु उहाँ एक पटक हाम्रो घर आउनु भएको थियो। दाइलाई त देखेकी थिइन आज भेट भयो।’ उ हामीलाई देखेर खुसीले गद्गद् थिइ उ टुडेफुटे नेपाली बोल्ने हामी टुडेफुटे हिन्दी बोल्ने।

झन् त्यसमा भाउजूलाई पाएको दंग थिइ। बहिनी तिमीले यहाँ के गर्छौ मैले सोध्न नपाउँदै उसले जवाफ दिई ‘विश्वविद्यालयमा जर्नालिज्म पढाउँछु। आमाले गाडी लिएर जा भन्दै हुनुहुन्थ्यो। पार्किङको समस्याले नलिएर आएकी हुँ।’

त्यति कुरा हुँदै थियो नानी तिम्रो मामा घर कहाँ भनेर सीताले सोधिन् उनले जबाफ दिइन् देरादुन। हामी नेपालबाट आएका हौं। मिनाक्षी तिमीले लिन आएका आफन्त हामी होइनौं त्यही पनि केही बिग्रेको छैन हामी पनि तिम्रै आफन्त हौं।

उसले आफू झुक्केकोमा एकचोटी लाज र दुखमानी त्यसवेलासम्म ऊ हाम्री आफन्त भैइसकेकी थिइ। लाजमान्दै मुस्कराउँदै घरसम्म जाने अनुरोध गरि हामीले सहर्ष स्वीकार्यौं। गफगाफ हुँदै थियो, अकस्मात मिनाक्षीको घरबाट उसको आमाको फोन आयो।

असजिलो मान्दै आउँदै छु भनेर जबाफ दिइ। उताबाट आमाले दाइ भाउजू घरै आइसकेको जानकारी गराइन्। हामीलाई खुल्दु्ली लाग्न थाल्यो। उनका दाइ भाउजूलाई चिन्ने र अपरिचित शहरमा नयाँ मान्छेसँग परिचय हुने तीब्र इच्छा पलाउन थाल्यो।

चियाको चुस्की तान्दै मैले कुरा उठाएँ। तिमीहरु कहिलेदेखि लखनउ बस्न लागेको बहिनी भने। उनले पापाको घर पहिलेदेखि लखनउमा थियो। हाम्रो परिवार लखनउ बस्न लागेको धेरै पुस्ता भइसकेको जानकारी गराइन्। पापा जागिरको सिलसिलामा देहरादुन हुनुहुन्थ्यो।

हाम्री आमा नेपाली मूलकी शर्मा परिवारकी छोरी त्यही अफिसमा जागिर गर्नुहुन्थ्यो। एक आपसमा सम्वन्ध बढ्यो।दुवै पक्षको सहमतिमा बिबाह भएको हो। पापाले के गर्नुहुन्छ? पापा डाक्टर हुनुहुन्छ भने आमाले कलेजमा पढाउनु हुन्छ। बाबु आमाको आफू एक्लो सन्तान भएको जानकारी गराइन्।

फेरि आमाको फोन आएपछि उसले हतारिँदै भनिन्, ‘हामी आउँदै छौं। ल्याउन गएका मान्छे घर आइसकेका छन्।’ कसलाई लिएर आउँदै छौं भनेर आमाले हिन्दीमा बोलेको प्रष्ट सुनियो। दाइभाउजु लिएर आउँदै छु मिनाक्षीले भनिन्।

उता आमालाई खुल्दुदुली भएछ कुन दाइ भाउजू लिएर आउँदै छ भनेर। ट्याक्सी लिएर तीन जना उनको घर गयौं। मिनाक्षीले बाटोमा देखिएका ऐतीहासिक ठाउको बर्णन गर्दै १४ मिनेटमा उनको घरमा पुग्यौं। घर आलिसान रहेछ गेटपाले नेपाली मूलको मान्छे रहेछ।

उसले हामीलाई देख्दा आफ्नै ठुल्दाइ आएको सम्झेछ र उसले त मेरो खुट्टामा नढोकी नछाड्ने भयो सीतालाई भाउजू नमस्कार गर्यो। हामी अलमल भएको देखेर उसले म सन्तु दाइ तपाईंको काँइलो भाइ काइँलो भाइ। उ दंग थियो। धेरै वर्षपछि आफ्नो दाइ भेटेकोमा।

उसले ढोगभेट गरि हाम्रो झोला बोकेर भित्रसम्म लगिदियो। यो सवै दृष्य मिनाक्षीले नियालिरहेकी थिइन्। उनी झन् चकित भइन्। आफूले लिएर आएका दाई भाउजू आफन्त कँहा आएछन् भनेर। भित्रबाट आमाको आवाज सुनियो आइपुगिस् मिनाक्षी। ए आएँ नयाँ मान्छे पनि लिएर आएकी छु।

आमाले हतारिँदै बाहिरको ढोका खोलिन्। हामीलाई देखर त अक्कनबक्क परिन्। पहिला आउने भाइले पनि आफूले नदेखेको नयाँ दुलही लिएर आएको रहेछ। अर्का नयाँ भाइ र बुहारीलाई छोरीले लिएर आएकी छ। उता सन्तु दंगदास छ, आफनो दाइ भाउजू आएकोमा।

आमा मेरी उमेर की रहेछिन्। मैले नमस्कार भनिदिए। आमा छोरी एक आपसमा हेराहेर गरिरहेकै बेला सीताले पनि नमस्कार दिदी भनि दिए। झसंग हुन्दै बैठक तिर बस्न आग्रह गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *