लेबनान र इजरायल सीमाबाट लाखौं विस्थापित

डिसी नेपाल
९ असोज २०८१ १२:०७

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण इजरायल-लेबनान सीमामा लाखौं मानिस प्रभावित भएका छन्, जसका कारण मानिसहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन्।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले सोमबार भनेअनुसार इजरायलको पछिल्लो आक्रमणका कारण हजारौं मानिस विस्थापित भएका छन्।

इजरायल-लेबनान सीमामा मानिसहरू सुरक्षित स्थानमा सर्नु परेको यो पहिलो पटक होइन।

संयुक्त राष्ट्रसंघका अनुसार गत अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास द्वन्द्वका कारण हालसम्म इजरायल र लेबनानको सीमा क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख मानिस विस्थापित भएका छन् ।

यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्क अनुसार , यसमा दक्षिणी लेबनानबाट विस्थापित भएका १ लाख १३ हजारभन्दा बढी मानिसहरू समावेश छन्।

यसै क्रममा उत्तरी इजरायलबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् ।

गत हप्ता इजरायलले आफ्नो युद्ध लक्ष्यमा यी ६० हजार विस्थापितलाई सुरक्षित रूपमा फिर्ता ल्याउने लक्ष्य समावेश गरेको थियो । इजरायलका रक्षामन्त्रीले यसो गर्ने एक मात्र उपाय “सैन्य कारबाही” भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *