लिभरपुल काराबाओ कपको अर्को चरणमा

काठमाडौँ । लिभरपुल इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५(१ गोल अन्तरले पराजित गर्दै इएफएल (काराबाओ कप) को अर्को चरणमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा डिओगो जोटा र कोडी गाक्पोले २-२ गोल गरेका थिए भएन मोहमद सलाहले एक गोल गरेका थिए ।
त्यस्तै वेस्टह्यामका लागि एक गोल लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए । त्यस्तै यस खेलको ७६औं मिनेटमा वेस्टह्यामका एडसन अल्भारेजले रातो कार्ड पाएका थिए ।
अब लिभरपुलले इएफएलको अर्को चरणमा ब्राइटनको सामना गर्ने छ । त्यस्तै हारसंगै वेस्ट ह्यामभने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया
Facebook Comment