अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा पाकिस्तानका लागि ७ अर्ब डलर ऋण स्वीकृत

डिसी नेपाल
१० असोज २०८१ १२:२३

काठमाडौं । पाकिस्तानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले यो जानकारी दिएको हो।

पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ। आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तानले आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा कदम चाल्नेछ।

पाकिस्तानले कृषि कर संरचना सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेपछि सात अर्ब डलरको ऋण स्वीकृत भएको हो।

जियो न्यूजका अनुसार १.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुनसक्छ । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर भएको छ ।

सन् १९५८ देखि हालसम्म पाकिस्तान २२ पटक ऋणको लागि आईएमएफमा गएको छ । हाल यो आईएमएफको पाँचौं ठूलो ऋणी देश हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *