भीषण वर्षा र बाढीका कारण मुम्बईमा रेड अलर्ट, ४ जनाको मृत्यु, १४ उडान डाइभर्ट
काठमाडौं । आज मुम्बई सहित पूरै महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। मुम्बई, ठाणे, पालघर, पुणे र पिम्परी-चिंचवडका सबै स्कूल र कलेजहरूमा बिदाको घोषणा गरिएको छ। मानिसहरूलाई घरमै बस्न अपिल गरिएको छ। पुणेको सर परशुराम कलेज ग्राउन्डमा पानी जमेका कारण प्रधानमन्त्री मोदीको बैठक रद्द भएको छ ।
मुम्बईमा बुधबार भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । अन्धेरीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ । साँझ पाँच घण्टामा ३ दशमलव ९ इन्चभन्दा बढी पानी परेपछि सडक खोलामा परिणत भएको छ । राति अबेरसम्म कैयौँ किलोमिटर जाममा सवारीसाधन अड्किएका थिए । मुम्बई एयरपोर्टमा १४ उडान डाइभर्ट गरिएको थियो। लोकल ट्रेन पनि ढिलो चलेका छन् ।
प्रतिक्रिया
Facebook Comment