बैंगलुरूमा नेपाली महिलाको हत्या आरोपीले आत्महत्या गर्नुअघि सुसाइड नोटमा के-के लेखे ?

डिसी नेपाल
१० असोज २०८१ १३:१८

काठमाडौं । बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्या प्रकरणमा ठूलो खुलासा भएको छ। महालक्ष्मीको हत्या उनका सहकर्मी मुक्तिरञ्जन राईले गरेका थिए ।

आत्महत्या गर्नुअघि उनले आफ्नी आमासँग महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका थिए । यसबारे उनले आफ्नो सुसाइड नोटमा पनी लेखेका छन् । उनले सुसाइड नोटमा आफूले महालक्ष्मीसँग प्रेम गरेको तर उनले अपहरणको मुद्दामा फसाउने धम्की दिने गरेको पनि लेखेका छन् ।

मुक्ति रञ्जनको शव भारतको ओडिशा राज्यको भद्रक जिल्लाको धुसुरीमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सुसाइड नोट पनि फेला पारेको दाबी गरेको छ, जसमा मुक्ति रञ्जनले अपराध स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नुभन्दा एक रात अघि मुक्ति रञ्जन राईले आफ्नी आमासँग महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका थिए । ओडिशा प्रहरी स्रोतले भारतीय मिडिया आजतकलाई बताएअनुसार अनुसन्धानले मुक्ति रञ्जन झण्डै तीन वर्षपछि ओडिशामा आफ्नो घर पुगेको खुलासा गरेको छ।

राती आमाको अगाडि मुक्ति रञ्जनले रुँदै भनेका थिए ‘मैले महालक्ष्मीको हत्या गरेको छु ।’ आमासँग महालक्ष्मीको हत्या गरेको स्वीकार गरेपछि उनले बिहान ५ बजे आत्महत्या गरेका थिए ।

बेंगलुरु प्रहरीले महालक्ष्मी हत्या प्रकरणको अनुसन्धानका लागि ओडिशा प्रहरीसँग सम्पर्क गरेको छ। महालक्ष्मी प्रकरणका अनुसन्धान अधिकारी बेंगलुरुबाट ओडिशा जानेछन्।

घटनास्थलमा फेला परेको मुक्तिको सुसाइड नोट र घटनास्थलबाट बरामद गरिएको ल्यापटप र अन्य सामानलाई नियन्त्रणमा लिइनेछ ।

प्रहरीले फेला पारेको मुक्ति रञ्जनको सुसाइड नोटमा उनले धेरैजसो अङ्ग्रेजी र कतिपय ठाउँमा उडिया भाषा प्रयोग गरेको उल्लेख छ । महालक्ष्मीको हत्या गरेको स्वीकार गर्दै मुक्तिले लेखेका छन्, “म उनलाई मन पराउँथें, माया गर्थे तर उनको व्यवहार मेरो लागि ठीक थिएन। उनले मलाई अपहरणको मुद्दामा फसाउने धम्की दिन्थिन् । मैले धेरै पैसा पनि खर्च गरें।”

बेंगलुरु पुलिसले अहिलेसम्मको अनुसन्धानपछि अनुमान गरेअनुसार, “मुक्ति रञ्जन र महालक्ष्मी एक कपडाको पसलमा काम गर्थे। यहाँ दुवैको भेट भयो र साथी बने। दुवैबीच सम्बन्ध थियो। महालक्ष्मीले मुक्ति रञ्जनलाई विवाहका लागि दबाब दिएकी थिइन् यसबाट दुवैबीच विवाद भयए । दुवैबीच लगातार झगडा हुँदा रिसाहा स्वभावका मुक्ति रञ्जनले महालक्ष्मीको हत्या गरी शव टुक्राटुक्रा पारेका थिए ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *