हिजबुल्लाहसँगको युद्धविराम गर्न इजरायलको अस्वीकार

डिसी नेपाल
१० असोज २०८१ १८:००

काठमाडौं। इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ। इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्नेछ।’

यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन्।

१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका छन्। जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन। यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिनुभएको छैन। उत्तरी क्षेत्रमा द्वन्द्व कम गर्न निर्देशन समाचार पनि गलत छ। प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिएका छन् र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म जारी रहनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *