लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौं। नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ। विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो।
युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुदै १९० रन मात्र बनाएको थियो।
नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ। यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।
त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौं हार हो। युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment