लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

काठमाडौं। क्यानडाले घरेलु मैदानमा खेलेको आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ। गएराति सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो।
ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि ओमानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो।
यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ। त्यस्तै ओमानले भने लिग-२ मा चौथो हार बेहोरेको छ। ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment