यू-२० एशियन कपमा आज नेपालको सामना बहराइनसँग

डिसी नेपाल
११ असोज २०८१ १०:३९

काठमाडौं। एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ। न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ।

यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो।

त्यस्तै बहराइनले २ खेलमा एक जित र एक हार बेहोरेको छ। बहराइनले पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले पराजित गरेको थियो भने कम्बोडियासँग १-० ले पराजित भएको थियो।

तुलनात्मक रुपमा बलियो मानिएपनि नेपालले आज बहराइनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । २ खेल हारिसकेको हुनाले आज जित हासिल गरेपनि नेपालको एशिया कपमा छनौट हुने सम्भावना भने निकै कम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *