जितिया पर्वमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु

डिसी नेपाल
११ असोज २०८१ ११:११

काठमाडौं । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।

बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रहेको विभागले जनाएको छ ।

पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ ।

दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ ।

रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ ।

जितिया पर्व मंगलबार र बुधबार मनाइँदैछ । यस पर्वमा बिहार, झारखण्ड जस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन पनि जान्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *