तस्वीरमा हेर्नुहोस् ऐतिहासिक मकवानपुरगढीको सुन्दरता

सिमोन पौडेल
११ असोज २०८१ १२:१०

काठमाडौं । देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी तथा सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा चिनिन थालेको छ। पछिल्लो समय ऐतिहासिक मकवानपुरगढी दरबार घुम्ने र अध्ययन गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको हो।

सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूप लगायतका धार्मिकस्थलहरु, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरण लगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेतको रोजाइमा मकवानपुरगढी पर्न थालेको हो।

एघारौँ शताब्दीमा नेपालको पहिलो सेनवंशी राजा तुलासेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म विशाल मकवानपुर राज्यको राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ।

गढीमा मकवानपुर, ललितपुर, काठमाडौँ, सिन्धुली, चितवन तथा प्रदेश नं २ का विभिन्न जिल्लाका आगन्तुक तथा केही विदेशी पर्यटकसमेत आउन थालेका छन्।

मकवानपुरगढी मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *