उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गर्‍यो चाडपर्व लक्षित विशेष अभियान

डिसी नेपाल
११ असोज २०८१ १५:००

काठमाडाैं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित दुर्घटना विशेष अभियान सुरु गरेको छ। शुक्रबार गौगंबुस्थीत नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चाडपर्व लक्षित दुर्घटना विशेष अभियानको शुभारम्भ गरेकी हुन्।

चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बिशेष अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अभियानको शुभारम्भ गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सवारी साधानलाई ठिक ढंगले परिचालन गर्दै सवारी दुर्घटना हुन नदिनका लागि अभियान महत्वपूर्ण हुने बताइन्।

उनले सवारी नियम उलंघन गर्ने क्रम बढेकाले कारवाहीको संख्यामा पनि बृद्धि भएको जानकारी दिए। सवारी साधान चालकलाई कारवाही गरवापत ट्राफिक प्रहरीलाई कमिशन आउने हल्ला चलाइएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारिन्।उनले सवैको सहकार्यमा सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले गल्ती नगर्नेलाई ट्राफिक प्रहरीले कुनै कारवाही नगर्ने भन्दै ट्राफिक प्रहरीले बदमासी गर्न खोजे कार्यालयमा जानकारी गराउन आग्रह गरे।

सवारी दुर्घटना न्यूनीकरणमा सवैको ध्यान केन्द्रीत गर्दै चाडपर्वमा सुरक्षित यात्रा गराउनुपर्ने उनको भनाइ छ। कार्यक्रममा यात्रु सहायता कक्षको उद्घाटन समेत गरिएको थियो। यात्रु सहायताका लागि उपत्यकाका बिभिन्न १२ स्थानमा कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै कार्यक्रममा उत्कृष्ट चालक-सहचालक(महिला)लाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *