अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री

डिसी नेपाल
११ असोज २०८१ १७:२८

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्। आज ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरे।

सहरी विकासमन्त्रीसमेत रहेका सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरिरहेकाले सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजाने बताए। उनले देशको आर्थिक तथा सामाजिक विकासका लागि शान्ति अपरिहार्य रहेको भन्दै शान्ति, सुरक्षाबिना पर्यटनको विकास सम्भव नहुने धारणा राखे। ‘नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु आवश्यक छ’, उनले भने, ‘यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

कार्यवाहक प्रधानमन्त्री सिंहले कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भए पनि सन्तोषजनक अवस्था भने नरहेको भन्दै उनले आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे।

कार्यवाहक प्रधानमन्त्री सिंहले नेपाल साहासिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै पर्यटन क्षेत्रमा निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था सिर्जना गर्न सरकारले येजना बनाइरहेको उल्लेख गरे। अस्थिरताका कारण देशमा समस्या देखिएकाले राजनीतिक स्थायित्वका लागि संसद्का दुई ठूला दल मिलेर सरकार गठन भएको भन्दै उहाँले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *