बाढी पहिरोले काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०८१ १४:३७

काठमाडौं। काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २१ पुगेको हो।

जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ। यस्तै पाँच जना बेपत्ता रहेका छन् ।

देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ। कतिपय ठाउँमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *