सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

डिसी नेपाल
१२ असोज २०८१ १५:३०

सिन्धुली। तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ।

बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ।

साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *